अभियान र कार्यक्रम

अभियान र कार्यक्रम


           जगद्गुरुपीठ नेपालको मूल उद्देश्य जगद्गुरु महाराज श्री को मूल भावनालाई आत्मसाथ गर्दै महाराज श्रीका अभियानहरूलाई संस्थागत रुपमा सुचारु गर्ने रहेको छ । मुलतः राष्ट्रिय भावनाबाट प्रेरित अभियानहरू निम्न अनुसारको आध्यात्मिक ,धार्मिक, सांस्कृतिक, शैक्षिक एवम् खोजमुलक कार्यक्रम को रुपमा संचालित छन् ।
 

१. चतारधाम नै “प्राचिन हरिद्वार”  रहेको घोषणा
 

               जगद्गुरु महाराज श्री ले २०५५ सालमा नै बराहक्षेत्र भित्र पर्ने चतारधाम प्राचीन हरिद्वार रहेको कुरा पुष्टि गर्नु भएको हो । भगवान हरिको तेस्रो अवतार भगवान बराहले नै पृथ्वी को उध्दार गरी आफू (बराह हरि ) स्वयम् विराजमान रहनु भएको बराहक्षेत्र चतराधाम नै प्राचीन हरिद्वार हो भन्ने महत्वपूर्ण प्रमाणहरूको अध्ययन विस्तृत रुपमा महाराजश्रीद्वारा लिखित पुस्तक कौशिकी माहात्म्य द्वारा अध्ययन गर्न सकिन्छ ।
 

२. पिण्डेश्वर कुम्भमेला को संस्थागत संचालन 


                जगद्गुरु महाराजश्रीबाट गरिएको शास्त्रको गहन अध्ययन अनुसन्धान सहितको सत्प्रयासमा प्रथम पटक २०५९ साल वैशाख १ गते देखि एक महिना सम्म संचालन गरी स्थापित गरिएको बृहद् प्रथम पिण्डेश्वर कुम्भमेलालाई निरन्तरता दिने क्रममा प्रथम कुम्भ मेला सम्पन्न भएको ६ बर्ष पछि २०६३ मा अर्ध कुम्भमेला– २०६३÷६४ सम्पन्न गरिनु का साथै २०७० चैत्र १७ गते देखि २०७१ बैशाख १९ गते सम्म १२ बर्षे दोश्रो पूर्ण महाकुम्भ मेला भव्यरुपमा सम्पन्न भई यही २०७५÷७६ मा दोस्रो अद्र्ध महाकुम्भ समेत सम्पन्न गरिँदैछ । जसलाई नेपाल सरकार . र प्रदेश सरकार आफ्नो स्वामित्व प्रदान गरिसकेको बताएको छ । विश्व कै पाचौँ  र नेपाल को एक मात्र कुम्भस्थल चतराधाममा सञ्चालन हुने कुम्भ मेला दोश्रो महाकुम्भ मेला सम्म आइपुग्दा जनताको मात्र नभई राज्यको समेत गहन जिम्मेबारी भित्र पर्न सफल भयो फलस्वरूप नेपाल सरकारले केन्द्रीय स्तरमा सचिव स्तरीय केन्द्रिय समन्वय समिति गठन गरी  कुम्भ मेलाको बिशेष संचालन तथा व्यवस्थापन गरेको थियो । यस पटक देश प्रादेशिक संरचनामा गैसकेको र अद्र्धकुम्भ २०७५।७६ मा प्रदेश सरकारद्वारा प्रदेश मन्त्री स्तरमा कुम्भमेला संचालनको संयोजन हुनुले कुम्भमेलाको अपनत्व प्रदेश सरकारले लिई सकेको देखिन्छ । 
 

३. देशका चार दिशामा जगद्गुरुका चार पीठहरूको स्थापना
 

              नेपाली धर्तीमा वैदिक सनातन धर्म रक्षाको निम्ति संचालन हुने कार्यक्रमहरू को नेतृत्व लिन देशका चार क्षेत्र मा जगद्गुरुका चार पीठ स्थापना गरिने छन । जस मध्ये दुई पीठ हरू स्थापित भई संचालनमा आइसकेका छन् भने तेस्रो पीठ निर्माण सम्पन्न भएको र चौथो एक पीठको निर्माणस्थल खोजी कार्य भइरहेको छ ।
४. श्रीमद्गोपाल महायज्ञको संचालन 
आद्यजगद्गुरुश्रीनिम्बार्काचार्यज्यूद्वारा प्रतिपादित द्वैताद्वैत दर्शनका अनुयायी जगद्गुरु श्रीबालसन्त मोहनशरण देवाचार्य महाराज श्री पनि युगलसरकार भगवान श्रीराधा कृष्णको उपासक हुनुहुन्छ । वहाँ सात्विक साधनाको मन्त्र अष्टा दसाक्षर गोपाल महामन्त्रको सिद्ध साधक पनि हुनुहुन्छ । महाराजश्रीले हालसम्म ५ पटक सम्म श्रीमद्गोपाल महायज्ञ को बिशेष अनुष्ठान गर्नु र गराउनु भएको छ । प्रथमपटक २०५५सालमा जगद्गुरु पीठ, चतराधाममा, दोश्रोपटक २०६१ सालमा पोखरामा, तेस्रो पटक २०६३ सालमा चतराधाममा, चौथोपटक २०६८ सालमा शंखमूल ललितपुरमा र पाचाँै पटक २०७१ सालमा महाकाली शारदा पीठ भम्केनी धाम मा गोपाल महायज्ञ सम्पन्न गर्नु भएको हो । श्रीमद्गोपाल महायज्ञ सात्विक सिद्धिको मूल साधन हो । 


५. जगद्गुरुकुलम् संचालन 


                वैदिक शिक्षाको प्रबर्धनार्थ जगद्गुरु महाराजश्रीबाट स्थापित जगद्गुरुकुलम् अन्तर्गत हाल जगद्गुरु पीठ चतराधाम र जगद्गुरु आश्रम शंखमूल ललितपुर मा गुरुकुलम् हरू संचालन मा रहेका छन् । हाम्रो देशमा माटो सुहाउँदो शिक्षा प्रणाली र संरचना नभएकाले समग्र मुलुक कोरा भौतिक सिद्धान्तबाट पोषित भइरहेको मात्र नभई विदेशी माटोमा प्राप्त ज्ञान ले नेपाली राष्ट्रियता धर्म संस्कृति अनि परम्पराको गहन अध्यनबाट समेत बिमुख हुनुपरेको देखिन्छ । त्यसैले हामी सबैले चाहे जस्तो नेपालीहरूको मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता ,सौन्दर्यबोध ,शीलस्वभाव र सदाचार आदिको बृद्धिका निमित्त समन्वयात्मक गुरुकुलको अभाव भइरहेको सन्दर्भमा पाश्चात्य सभ्यता र संस्कृतिलाई समेत हाम्रै चिन्तनशैलीबाट अनुप्राणित गर्न सक्ने गुरुकुलीय शिक्षा प्रणालीको प्रारम्भिक अभियानको सूत्रपात जगद्गुरुकुलमको माध्यमबाट जगद्गुरु महाराजश्रीद्वारा भएको छ ।


६. नेपाल आमाको अष्टधातुको मूर्ति निर्माण 


                 आफ्नो जन्मभूमि र जन्मदिने आमा प्रतिको महिमा बोध गराउन रामायणमा उधृत बचन “जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी” लाइ हृदयंगम गर्दै हामी नेपालीहरूमा रहेको राष्ट्रियता र राष्ट्रप्रेमको भावनामा प्रतिबिम्बित हुने नेपालआमालाई भौतिक संरचनामा प्रतिबिम्बित गरी भाबी पुस्ताको मानसपटलमा राष्ट्र भक्तिको बीजारोपण गर्ने उद्देश्यले राष्ट्रिय भवनाको जागरणको निम्ति नेपालका ७५ जिल्लालाई प्रतिनिधित्व गर्ने ७५ फिट अग्लो अष्टधातुको नेपाल आमाको बिशाल मूर्ति निर्माणमा ७५ जिल्लामा जन्मेका सम्पूर्ण नेपालीलाई कुनै न कुनै रुपले सहभागी बनाउने सोच लिएर जगद्गुरु महाराजश्री २०७२ साल बैशाख ५ गते देखि नेपाल आमाको मूर्ति निर्माण गर्ने अभियानमा हुनुहन्छ, नेपाल आमा को अष्टधातुको यो ७५ फिट अग्लो मूर्ति महाकाली नदीकिनारमा रहेको कञ्चनपुर जिल्लाको भम्केनीधाममा बनाइने गरी गत २०७५ फाल्गुन २४ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री श्री त्रिलोचन भट्टद्वारा शिलान्यास भइसकेको छ 


७. महाकाली –मेची– महाकाली पैदल यात्रा 


                राष्ट्रभरि लुप्त अवस्थामा रहेका महत्वपूर्ण तीर्थस्थलहरूको खोजी गर्नुका साथै मेची देखि महाकाली सम्मका नेपाली हरूलाई राष्ट्रिय भावनाद्वारा एकै सूत्रमा जोड्ने साधनको रुपमा निर्माण गर्न लागिएको नेपाल आमाको ७५ फुट अग्लो अष्टधातुको मूर्ति निर्माणमा प्रत्येक नेपालीहरूलाई सहभागी बनाउने उद्देश्य सहित समग्र नेपालीको दुःख सुखलाई बुझ््न ७५ जिल्लाका सबै नेपालीलाई भेट्न गत २०७२ बैशाख ५ गते जगद्गुरु महाराजश्रीले महाकाली – मेची – महाकाली पैदल यात्रा शुरु गर्नु भएको थियो । पैदल यात्राको क्रममा जगद्गुरु महाराजश्रीले नेपालीहरूको घर घरमा प्रयोग बिहीन अवस्थामा रहेका तामा पित्तल लगायतका अष्टधातु साथै प्रति व्यक्ति रु. एक भन्दा माथि सहयोग सङ्कलन समेत गर्नुभएको थियो ।


८. शंखमूलमा सबैभन्दा ठूलो शंख निर्माण 


बागमती किनार उत्तर बाहिनी शंखमूलघाट को पौराणिक महत्वलाई समेत उजागर गर्दै जगद्गुरु महाराज श्रीले जगद्गुरु आश्रम शंखमूलमा विश्वकै सबै भन्दा ठूलो शंखको निर्माण कार्य गराउनु भएको छ । काठमाडौँ उपत्यका कै अति महत्वपूर्ण तिर्थस्थल शंखमूलमा बिशाल शंख निर्माण भए पछि यो स्थल महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा बिकशित भएको छ । 


९ . नेपाल मै द्वादश ज्योतिर्लिंगहरूको खोजी तथा प्रबर्धन 


             महाकाली मेची पैदल यात्राको क्रममा जगद्गुरु महाराज श्रीले द्वादश ज्योतिर्लिंग हरू समेत नेपाल आमा कै काखमा रहेको प्रमाण फेला पार्नु भएको छ । पूर्वीय दर्शनको जननी हिमालय पर्वत नेपाल मा नै रहेकाले पनि सम्पूर्ण तीर्थहरू देवभूमि नेपाल मै रहेको हुन सक्ने कुरा बताउँदै आउनु भएका जगद्गुरु महाराज श्रीले झन्डै ३ बर्ष लामो नेपाल राष्ट्रको परिक्रमाका क्रममा द्वादश ज्योतिर्लिंग नेपाल भित्रै रहेको प्रमाणित गर्नु भएको छ । जसमध्ये दार्चुला जिल्लामा रहेको मल्लिकार्जुन ज्योतिर्लिंगको बारेमा प्रमाण हरू संकलन गरी नेपालको मल्लिकार्जुन ज्योतिर्लिंगको प्रमाण सहितको माहात्म्य समेत प्रकासन गरिसक्नु भऐको छ । 


१०. जगद्गुरु नेपाल संचार केन्द्रको स्थापना 


जगद्गुरु महाराज श्रीको खोज तथा अनुसन्धानहरूलाई व्यवस्थित तवरबाट समाज राष्ट्र हुँदै विश्वमाझ पु¥याउने उद्देश्य सहित जगद्गुरु पीठ नेपालको प्रकाशन संस्था जगद्गुरु नेपाल संचार केन्द्रको स्थापना गरिएको छ । हाल यस संस्थाले त्रैमासिक पत्रिका र टेलिभिजन कार्यव्रmम जगद्गुरु सन्देश को प्रकाशन र प्रशारण नियमित रुपमा गरिरहेको छ ।