इलाम धार्मिक महोत्सबको उद्घाटन जगदगुरु महाराज श्रीबाट

यहि  चैत्र एक गते देखी हुन लागेको इलाम धार्मिक महोत्सवको उद्घाटन कार्यक्रममा आतिथ्य  ग्रहण गर्न जगदगुरु महाराज श्री इलाम प्रस्थान गर्दै हुनुहुन्छ l महोत्सबको चैत्र एक गते कलश यात्रा सहित जगद्गुरु महाराजश्री बाट समुद्घाटन हुने छ ।इलाम नगरपालिका छ र आठमा रहेको सिंह सिद्ध देवी तथा देवी पञ्चायन मन्दिर सिङफिरिङमा हुने १८ पुराण समापन तथा इलाम धार्मिक महोत्सव सञ्चालन   हुदैछ l इलाम जिल्लालाई बहुधार्मिक स्थलका रूपमा विकास गर्नका लागि आयोजना हुँदै आएको १८ पुराणको समापन तथा इलाम धार्मिक महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा लिइएको छ ।वैदिक सनातन धर्मको साझा स्थलका रूपमा इलामलाई विकास गर्नका लागि जिल्लाका विभिन्न शक्ति पीठहरूमा १७ वटा पुराण सम्पन्न भइसकेपछि १८ पुराणको तयारी गरिएको हो । महोत्सबमा जगद्गुरु श्रीवालसन्त मोहन शरणदेवचार्य महाराजश्रीका साथै भावगत मञ्जरी राधिका दासी, बौद्ध धर्मगुरु खेन रेम्पोछे फुर्तेम्बा शेर्पा, किराँत धर्मगुरु महिंगुम अङ्सीमाङ आत्मानन्द लिङ्देन, आदिको  उपस्थिती रहने छ ।हाल महोत्सव समापन तथा १८ पुराण समापनका लागि एक हजार ९३ जनाको मूल आयोजक समिति गठन गरिएको छ  जानकारी प्राप्त भएको छ l  महोत्सबमा अठार पुराणका लागि १८ वटै मण्डप निर्माण भएका छन् ।साथै विभिन्न धर्मगुरुहरूलाई समेत छुट्टै र व्यवस्थित धार्मिक प्रवचनका लागि ठाउँ निर्माण भएको छ । चैत्र दुई गतेबाट दैनिक पाठ पारायण सहित कथा वाचन, झाँकी प्रदर्शन र भजन कीर्तन गरिने छ । चैत्र आठगते १८ लाख एक हजार आठ सय १८ दीप प्रज्वलन गरिने जनाइएको छ  । कार्यक्रममा सहभागी हुन जगदगुरु माहाराज श्री आजै झापाको बुधबारे स्थित जगदगुरु जन्मस्थल आश्रम आइपुग्ने  जगदगुरु आश्रम झापाका अध्यक्ष लिलानाथ भट्टराई ले  जानकारी दिनुभयो l