हाम्रो बारेमा

 

          प्रथम जगदगुरु पीठ एवं श्री राधाकृष्ण भक्ति साधना प्रतिष्ठान  चताराधामको बिधान २०५६ को परिच्छेद्- २ को दफा-५ (घ) अनुसार २०७३ सालमा स्थापित  जगदगुरु नेपाल संचार केन्द्र,  प्रथम जगदगुरु पीठ एवं श्री राधाकृष्ण भक्ति साधना प्रतिष्ठान  चताराधामको सूचना केन्द्र हो | 

यस संचार केन्द्रले नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगदगुरु अनन्तश्री विभूषित श्रीबालसन्त मोहनशरण देवाचार्य महाराजश्रीबाट भएका  खोज तथा  अनुसन्धानमा आधारित रही  प्रथम जगदगुरु पीठ  चतराधाम को   नेतृत्वमा  संचालन गरिएका  सम्पूर्ण अभियान र अभियानसँग सम्बन्धित गतिबिधिहरुलाई बिभिन्न संचारका माध्यमहरुबाट सम्प्रेषण  गर्ने काम गर्दछ | यसका साथै ऐतिहासिक रुपमा नेपाल राष्ट्रले प्राप्त गरेको जगद्गुरुको सम्मान र उपाधिको संरक्षण सम्बर्धन र प्रबर्धन गर्दै  विश्वभर छरिएर  रहेका बैदिक सनातन धर्मावलम्बीहरुलाई प्रथम जगदगुरु पीठ नेपालसंग जोड्ने काम समेत  गर्दै आइरहेको छ |