जगदगुरु आश्रम, शंखमुल

काठमाडौं उपत्यकाको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ललितपुर जिल्ला स्थित  शंखमूलधाममा रहेको श्री जगद्नारायण मन्दिर परिसर  नेपाल राष्ट्रका  ऐतिहासिक प्रथम जगद्गुरुको सम्मानार्थ जगद्गुरु निवासको रुपमा  प्रदान गरिएको हो ।यो जगतनारायण मन्दिर १७० बर्ष पहिला  श्री ३ जंगबहादुर राणाका भाई  श्री ३ जगत सम्सेर जंग बहादुर राणाले  निर्माण गराउनु भएको हो |

    लामो समयदेखि ओझेलमा परेको यस  श्री जगद्नारायण मन्दिर निर्माण गरिनुमा  बागमती किनारमा रहेको शंखमूल क्षेत्रको पवित्रता नै मूल कारण हो |  शखमुल क्षेत्रको महिमालाई उजागर गर्ने  उद्देश्यले २०६८ शालमा जगदगुरु महाराज श्रीको   संकल्पमा सम्पन्न  भएको  श्रीमद गोपाल महायज्ञको क्रममा उत्खनन गरिएको पौराणिक  शंखमुल रुद्रधरामा हालै एक बिशाल शंखको निर्माण गराइएको छ | शंखमुल क्षेत्रको महत्वबारे जगदगुरु महाराज श्री को खोजमा आधारित  पौराणिक व्याख्या  भएको  श्री शंखमूलधामको महात्म्य  जगद्गुरुनेपल संचार केन्द्रले प्रकाशित गरेको छ  ।पुरातात्विक ,धार्मिक र  संस्कृतिक मात्र नभई पर्यटकीय दृष्टिकोणबाट समेत सुन्दर रहेको शंखामुलधामलाई जगद्गुरु आश्रमले  झनै शोभायमान बनाएको छ |हाल जगदगुरु आश्रममा जगद्गुरुकुलम समेत  संचालित छ |