नेपाल आमा

                                                                                                              नेपाल आमा 

प्रत्येक व्यक्तिको जीवनमा २ प्रकारका माताहरु हुनुहुन्छ | जन्मदात्री माता र जीवन आधार दिने जन्मभूमी ( धर्ति )माता  | जन्मदिने आमाको महिमा त सामान्यतया प्रत्यक्ष अनुभूति हुने कुरा हो किनकि  जन्मदात्रि माता कै काखमा हामी   जन्मेर हुर्केका हुन्छौ | हामी नेपालीहरुको जन्मभुमी   " नेपाल "  हामी नेपालीहरुलाइ    जीवन आधार दिने  आमा हुन् |  नेपाल आमा    हामी नेपालीहरुको लागि महान हुनुहुन्छ| चाहे हामी परिवार पाल्नकै  कै निम्ति  खाडी मुलुकमा पसिना  चुहाउदै   रहु  या सुखद  भविष्यको खोजीमा   बिकशित मुलुकमा भौतिक सुख सुविधाले सम्पन्न जीवन जिउदै  गरेका  हौ | अझ भनौ भने काखैमा  बसेर बिर्सिरहेको नेपाल आमाको न्यानो  काखको महिमा मातृभूमिबाट टाढा  गएर बसेकालाई अझ बताउनै पर्दैन | सबैको ढुकढुकीमा नेपाल  आमा नै  रहनु हुन्छ |

 तरपनि  जन्मभूमि ( नेपाल आमा)को महिमा बताउने रामायण महाभारत बेद पुराण उपनिषद् लगायतका  संस्कृत शिक्षालाइ    आज हामीले अवमुल्यन  गर्नाले  साथै  नागरिकमा राष्ट्र भक्तिको शिक्षा दिने कार्यमा राज्य पछाडी पर्नाले आज हामी नेपालीहरु  आफ्नो  जन्मभूमि  प्रतिको कर्तब्यप्रति   अनभिज्ञ भैरहेका  छौ | जसले गर्दा  देशमा  बसेर राष्ट्रको सेवा गर्ने राष्ट्रभक्त  नेपालीहरुको अभाब हुनुको साथै  देश भित्रै  रहेका जनतामा  पनि देशभक्ति संचार  हुन सकिरहेको छैन | त्यसैले हामी  मानबलाई  आफ्नो जन्मभूमि र जन्मदिने आमा प्रतिको महिमा बोध गराउन रामायणमा उदृत बचन "जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी" लाइ हृदयंगम गर्दै  राष्ट्रका निम्ति बच्न सिक्नु परेको छ |

    हामी  नेपालीहरुमा रहेको  राष्ट्रियता र राष्ट्रप्रेमको भावनामा  प्रतिबिम्बित हुने नेपालआमालाई भौतिक संरचनाको मध्यम द्वारा प्रस्फुटन गर्न सके त्यहि भौतिक  संरचनाको  दर्शनले पनि  भाबी पुस्ताको मानसपटलमा राष्ट्र भक्तिको बिजारोपण  गर्न सक्छ  | जसरि  व्यक्तिको अन्तरहृदयमा  रहेको आध्यात्मिक  आस्था  तीर्थस्थल  वा मन्दिरमा पुग्दा धार्मिक कृत्यको रुपमा प्रस्फुटित हुन्छ तसर्थ हाम्रो आस्थाको केन्द्र नेपाल आमासंगको अटुट सम्बन्धलाइ पनि आफ्नी जन्म दात्री मातासंगको  सम्बन्ध   झैँ   प्रगाढ बनाइ राख्न हामी नेपालीहरु संसारको कुनै कुनामा भए पनि   कुनै न कुनै रुपमा सहभागी भै आफ्नो राष्ताभाक्ति को भावनालाई  नेपाल  आमा को मुर्ति निर्माण गरि प्रतिबिम्बित  गर्न सक्नेछौ | जसको संकल्प र नेतृत्व सहित जगदगुरु महाराजश्री २०७२ साल बैशाख ५ गते देखि नेपाल  आमाको मुर्ति निर्माण  गर्ने  अभियानमा  हुनुहन्छ  |

बिगत केहि बर्षदेखि  व्यक्तिगत र दलीय स्वार्थले प्रेरित राजनीतिले   देशभित्र बसोबास  गर्ने   विभिन्न   जाति, भाषा सम्प्रदाय, बिचमा रहेको  सहिष्णुतालाई खलल पुर्याउदै  एक अर्कामा बिद्वेस र अविश्वासको बिजारोपण  गर्ने कार्य भयो जसको परिणाम स्वरूप   केहि बिबेकहिन स्वार्थी व्यक्तिहरु हाम्रा  बीर पुर्खाको रगत र पसिनाले बनेको  नासो   अखण्ड नेपाललाई  टुक्र्याउने सम्मका आवाजहरु निकाल्न थाले  जसलाई  राज्यले निरीहता पुर्बक हेरिरह्यो जुन  एउटा देश भक्त नेपालीकोलागि  अत्यन्त पीडादायक बिषय थियो  |त्यसैले अब नेपाली  नेताले  हैन जनता आफैले आफ्नो माटोको रक्षा  गर्नु पर्छ  भनेर   राष्ट्रिय भवनाको जागरणको निम्ति नेपालको ७५ जिल्लालाई प्रतिनिधित्व गर्ने ७५ फिट अग्लो अष्टधातुको   नेपाल आमाको  बिशाल मुर्ति निर्माणमा ७५ जिल्लामा  जन्मेका सम्पूर्ण नेपाली लाई कुनै न कुनै रुपले सहभागी बनाउने सोच   बनाउनु भएको हो  |  नेपाल  आमा को अष्टधातुको यो ७५ फिट अग्लो मुर्ति महाकाली नदीकिनारमा रहेको  कंचनपुर जिल्लाको भाम्केनीधाममा   बनाइने गरि गत २०७२ बैशाख ५ गते नै  सिलान्यास  भई   निर्माण  कार्य भै रहेको छ  l   हाल सम्म निर्माण कार्य को ३० प्रतिषत कार्य सम्पन्न भैसकेको छ | 

https://www.youtube.com/watch?v=5XhnIqI0Eq0&t=20s