संस्थागत उदेश्य

                    जगद्गुरुका संस्थागत उद्देश्यहरूऐतिहसिक रुपमा प्राप्त नेपाल का एकमात्र जगद्गुरु र प्रथम जगद्गुरु पीठ नेपाल नेपालीहरू को आध्यात्मिक ,धार्मिक र सांस्कृतिक केन्द्र बनेको छ । नेपाली राष्ट्रियता, धर्म, संस्कृति अनि परम्परा का साथै पौराणिक र पुरातात्विक सम्पदा को खोज गरी यसलाई विश्व सामु स्थापित गर्नु जगद्गुरु महाराजश्री को मूल उद्देश्य रहेको छ । यसै उद्देश्यलाई पूरा गर्न २०५५ सालमा पूज्य बालसन्त महाराज ले स्थापना गर्नु भएको श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान नै आज प्रथम जगद्गुरु पीठको रुपमा स्थापित भएको छ । जगद्गुरुमहाराजश्री र प्रथम जगद्गुरु पीठ नेपालका संस्थागत प्रयास का मूल उद्देश्य हरू निम्न अनुसार रहेका छन् ः१. नेपालमा ऐतिहासिक रुपमा प्राप्त जगद्गुरु को उपाधि को संरक्षण र सम्बर्धन गर्दै जगद्गुरु पीठको परम्परालाई संस्थागत गर्ने ।२. नेपालमा रहेका ऐतिहासिक, पुरातात्विक अनि धार्मिक सम्पदाहरू को संरक्षण गर्दै लुप्त अवस्थामा रहेका महत्वपूर्ण तीर्थस्थल, नदी, ताल, कुण्ड क्षेत्र आदि को शास्त्रीय खोज तथा अनुशन्धान गरी प्रचार प्रसार गर्ने ।३. जगद्गुरु श्री को अथक अनुसन्धान र प्रायसबाट स्थापित कौशिकी नदी किनार चतराधाम मा १२÷१२ बर्ष मा सम्पन्न हुने पिण्डेश्वर कुम्भमेलालाई संस्थागत गर्दै प्रचारप्रसार र विकास गर्ने ।४. जगद्गुरु को उपाधि प्राप्ति सँगै बराहक्षेत्र चतराधाम मा संस्थागत भएको जगद्गुरु पीठ का मूल चार वटा गद्दी देशका चार दिशामा स्थापना गरी वैदिक सनातन धर्म को संरक्षण तथा जागरण गर्ने५. जगद्गुरु पीठ नेपालका शाखा ( आश्रम) हरू देश का सम्पूर्ण कुना कुनामा स्थापना गरी सामाजिक सेवा का कार्यहरू र धार्मिक खोज अनुसन्धान का कार्य गर्ने ।६. सम्पूर्ण नेपालीहरू को सहभागिता मार्फत नेपाली को राष्ट्रिय आस्था को केन्द्र को रुपमा महाकाली शारदा पीठ भम्केनीधाम मा स्थापना गर्न लागिएको नेपाल आमा को अष्टधातु को मूर्ति निर्माण सम्पन्न गरी राष्ट्रियता जागरण गर्ने ।७. जगद्गुरुकुलम्को माध्यमबाट पूर्वीय दर्शनको विश्वब्यापीकारण गरी बैदिक संस्कृतिको प्रबर्धन गर्ने । ८. गुरुकुलशिक्षा को पाठ्यक्रमलाई समयानुकूल बनाई गुरुकुल अध्ययन गरेका युवालाई आधुनिक समाज सँग प्रतिस्पर्धी बनाउने ।९. जगद्गुरु महाराजश्री को खोज र अनुसन्धानद्वारा प्राप्त भएको नेपाल भित्रै रहेको द्वादश ज्योतिर्लिङ्ग को संस्थागत रुपमा प्रचार गर्ने ।(edited)