कृष्ण पादुकामा अनुष्ठान सम्पन्न

नेपालका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूशीत बाल सन्त मोहनसरण देवाचार्य महाराजश्रीद्वारा जोरायल गा पा को वडा नं २ को कमला नदीको उत्तर खसरेको उकालो काट्ने बित्तिकै आउने सत्चौरमा रहेको कृष्ण पादुकामा अनुष्ठान सम्पन्न भएको छ । स्कन्ध पुराणको सातवटा खण्ड मध्ये मानस खण्डमा उल्लेख भए बमोजिमको वयानअनुसार फलाद्रि पर्वत हालको फल्टुडे देखि उत्तर कालिन्दी नदी हालको कमला नदीको उत्तरी भागतिरको खसरेको सिरानीमा रहेको कृष्ण पादुकामा अनुष्ठान यहीँ माघ १ गतेदेखि  ८ गतेसम्म चलेको हो । विभिन्न स्थानबाट आएका हजारौं श्रद्धालु भक्तजनहरुको समउपस्थितीमा सम्पन्न यस भव्य कार्यक्रमको अन्तिम दिन सुदूरपश्चिम प्रदेशका माननीय  मुख्य मन्त्री त्रिलोचन भट्ट , जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा , गा पा उपाध्यक्ष जमुना बोहराको उपस्थितिमा कार्यक्रम समापन भएको छ । माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूले यस  धार्मिक क्षेत्रकाे आवश्यक भौतिक पुर्वाधार निर्माण कार्यमा सहयोग गर्ने वचन दिनु भएको छ । यतिबेला कृष्ण मन्दिर निर्माणकार्य धमाधम चलिरहेको छ । यस कार्यमा  श्रद्धालु भक्तजनहरुको सहयोगको अपेक्षा पनि गरिएको छ । 
धार्मिक आस्थाको धरोहर कृष्ण मन्दिर निर्माणकार्यले धार्मिक आस्था , संस्कार र संस्कृतिको जगेर्ना मात्रै गर्ने छैन  यस ठाउँको पर्यटन प्रबर्द्धनमा  सहयोग पुग्ने ठूलो अपेक्षा पनि गरिएको छ । स्मरणीय रहोस् यो स्थान जोरायल गाउँपालिकाकाे वडा न २ को सत्चौर नजिक रहेको छ । फल्टुडे बाट हिडेपछि खसरेको उकालो काट्ने बित्तिकै पूरानो विष्णु पादुका भनिएको स्थान नै कृष्ण पादुका रहेको स्थान हो । यस स्थान सम्म आइपुग्न फलटुडे र बुडर बजार दुबैतिर बाट सडक बाटोको व्यवस्था छ ।